एसईई नतिजा सार्वजनिक : ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौं, असार १३ — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा सार्वजनिक गरेको हो।

बोर्ड अध्यक्ष महाश्रम शर्माका अनुसार, यस वर्ष ग्रेडेड (उत्तीर्ण) हुने विद्यार्थीको प्रतिशत ६१.८१ रहेको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। गत वर्ष ४८ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए।

यस वर्ष नियमित समूहतर्फ जीपीए ३.६० देखि ४.० ल्याउने विद्यार्थीको संख्या ४८ हजार १ सय ७७ रहेको बोर्डले जनाएको छ।

२०७९ साल चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।

बोर्डका अनुसार सम्पूर्ण नतिजा वेबसाइटमा अपलोड हुन केही समय लाग्नेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.