श्रीमतीको हत्या गरी फरार युवक पक्राउ, फेसबुकमा केटासँग कुरा गरेको निहुँमा झगडा

रुपन्देहीमा श्रीमतीको हत्या गरेको आरोप लागेका फरार युवक बुटवल बसपार्क क्षेत्रबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङ, निसीखोला गाउँपालिका–६ का ३२ वर्षीय विजय भन्ने वीरबहादुर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

कार्तिक २७ गते बिहान करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटमा रहेको होटल लुम्बिनी गेटमा काम गर्दै आएकी २० वर्षीया मेलिना परियार आफ्नै स्टाफ क्वार्टरभित्र मृत भेटिएकी थिइन्। प्रारम्भिक अनुसन्धान अनुसार, मेलिनाको मृत्यु ‘कर्तव्य गरी हत्या’को श्रेणीमा पर्न सक्ने देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मेलिना परियार र उनका श्रीमान वीरबहादुर कुँवरबीच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा लगातार विवाद हुँदै आएको थियो। श्रीमानले मेलिना अन्य पुरुषसँग कुरा गर्छिन् भन्ने शंका व्यक्त गर्दै झगडा गर्ने गरेको तथ्य प्रारम्भिक बयानबाट खुलेको छ। घटनाको दिन पनि दुवैबीच सोही विषयमा वाद-विवाद भएको र मादक पदार्थ सेवन अवस्थामा वीरबहादुरले पत्नीको हत्या गरेको अनुमान गरिएको छ।

हत्या भएको केहीबेरमै कुँवर घटनास्थलबाट फरार भएका थिए। विभिन्न सूचनाको आधारमा खोजी तीव्र पारेको प्रहरीले उनलाई कार्तिक २८ गते साँझ ६ बजे बुटवल उपमहानगरपालिका–९ मा रहेको बसपार्क क्षेत्रमा लुकेर भाग्ने तयारीमा रहेको अवस्थामा पक्राउ गरेको प्रहरी सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए।

पक्राउ परेका कुँवरलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान अघि बढाइएको र घटनाबारे विस्तृत छानबिनपछि आवश्यक कानुनी प्रक्रिया अघि सारिने प्रहरीले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.