विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाएको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौँ असार १६, – विद्यालय शिक्षा विधेयक पारित गर्ने विषयमा सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा तीव्र विवाद देखिएको छ। शिक्षा मन्त्री रघुजी पन्तले विधेयकका केही बुँदामा सरकार अझै स्पष्ट नबनेकाले बैठक स्थगित गरी थप छलफल गर्न आग्रह गरे, तर समितिका सदस्यहरूले यो प्रस्ताव अस्वीकार गरेका हुन्।

शिक्षामन्त्री पन्त कांग्रेस सभापति शेरबहादुर देउवासँग परामर्श गरेर फर्किएपछि बैठक स्थगितको माग गरेका थिए। तर, पदपूर्तिमा पहिले तय भएको आन्तरिक ६० प्रतिशत र खुलातर्फ ४० प्रतिशतको सहमति विपरीत सरकार आन्तरिकतर्फ ७५ प्रतिशत र खुलामा २५ प्रतिशत मात्र राख्ने प्रस्ताव ल्याउन खोजेपछि समितिमा विवाद चर्किएको हो।

समितिका सभापति अम्बरबहादुर थापाले बिहानै भएको सहमति उल्ट्याएर सरकारले देशको हितविपरीत जाने प्रयास गरिरहेको भन्दै आपत्ति जनाए। पढाउनै नसक्ने व्यवस्थाले शिक्षा क्षेत्रमा क्षति पुग्ने चेतावनीसमेत उनले दिए। समितिले शिक्षामन्त्रीको नयाँ प्रस्तावलाई अस्वीकार गरेको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.