सोलार र ब्याट्री प्रविधिले ऊर्जा माग धान्न सके हाइड्रोमा लगानी आवश्यक नपर्न सक्ने : प्राधिकरण

काठमाडौँ, साउन २० – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सौर्य ऊर्जा (सोलार) र ब्याट्री प्रविधिले देशको विद्युत् माग पूरा गर्न सक्ने हो भने जलविद्युत् (हाइड्रो) परियोजनामा अनावश्यक लगानी गर्नु नपर्न सक्ने बताएका छन्।

शुक्रबार राजधानीमा आयोजित ऊर्जा विषयक कार्यक्रममा बोल्दै शाक्यले भने,

> “हामीलाई बिजुली कहाँबाट आयो भन्नेभन्दा पनि आवश्यकताअनुसार माग धान्न सक्ने स्रोत खोज्नु हो। यदि सोलार र ब्याट्रीले दिउँसो र साँझको डिमान्ड पुरा गर्छ भने हाइड्रो निर्माणको पछाडि लागिरहन आवश्यक छैन।”

उनका अनुसार अहिले औद्योगिक क्षेत्रको विद्युत् खपत धेरै छैन, र रातको समयमा पनि माग कम हुने भएकाले बैकल्पिक उपायहरूको उपयोगमा प्राथमिकता दिनुपर्ने अवस्था छ।

सिँचाइ प्रणालीमा सोलार प्रविधिको जोड

शाक्यले देशभरका सिँचाइ प्रणालीमा सोलार पम्प र मिटर राख्ने प्रणालीको विस्तार गर्नुपर्ने बताए। उनले भने,

> “जहाँ सिँचाइ भइरहेको छ, त्यहाँ अझै पनि विद्युत् चोरीको समस्या छ। यस्तो स्थानमा सोलार पम्प राखेर मिटर जोड्दा चोरी घट्नेछ। भारतले पनि यस्तै मोडेलमा काम गरिरहेको छ।”

उनले पहाडदेखि तराईसम्मका सिँचाइ योजनामा सोलार प्रविधिको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गरे।

पालिकाहरूको बक्यौता समस्या र समाधान

कार्यक्रममा शाक्यले स्थानीय तहहरूसँग विद्युत् महसुल बक्यौता सम्बन्धी समस्या रहेको खुलासा गरे। उनका अनुसार,”धेरै पालिकाले सडक बत्ती जडान गराएका छन्, तर वर्षौंदेखि बक्यौता बुझाएका छैनन्। कतिपय पालिकाले त वार्षिक बजेटमै त्यसको व्यवस्था गर्दैनन्।”यसको समाधानका लागि उनले पालिकाहरूलाई आफ्नै सोलार बत्ती जडान गर्न सुझाव दिए।”यदि पालिकाहरूले सोलार बत्ती राखे भने त्यसबाट उत्पादन हुने विद्युत् प्राधिकरणले खरिद गर्न सक्नेछ,” उनले स्पष्ट पारे।

उनले प्राधिकरणले पनि प्रसारण लाइन आसपास सोलार परियोजना स्थापना गर्न सुरु गरिसकेको जनाए। खिम्ती क्षेत्रमा यसको पाइलट परियोजना सञ्चालनमा रहेको जानकारीसमेत दिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.