विद्यालय शिक्षक विधेयक उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित, बढुवाका तीन आधार तय

काठमाडौं, साउन २१ – प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिबाट विद्यालय शिक्षक सम्बन्धी विधेयकमा गठित उपसमितिको प्रतिवेदन परिमार्जनसहित पारित गरिएको छ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले विधेयकमाथि लामो समयदेखि चलेको छलफललाई निष्कर्षमा पुर्‍याउँदै प्रमुख विवादित विषयमा सहमति जुटाएको हो।

यसअघि शिक्षक महासंघले बढुवासम्बन्धी प्रावधानमा असन्तुष्टि जनाउँदै आएको थियो। सोही कारण विधेयकको प्रगतिमा ढिलाइ हुँदै आएको थियो। आजको बैठकले शिक्षक बढुवा सम्बन्धी तीनवटा आधार तय गर्दै उक्त विषयमा अन्तिम निर्णय गरेको हो।

अबदेखि शिक्षकहरूको बढुवा (१) आन्तरिक प्रतियोगिता, (२) जेष्ठता तथा कार्यसम्पादन मूल्यांकन, र (३) कार्यक्षमताको मूल्यांकन गरी तीनवटै माध्यमबाट हुने स्पष्ट व्यवस्था विधेयकमा समावेश गरिएको छ।

शिक्षा तथा स्वास्थ्य समितिका एक सदस्यका अनुसार विधेयकमा आवश्यक परिमार्जनसहित प्रतिवेदन पारित गरिएकाले अब प्रतिनिधि सभाबाट विधेयक पारित गर्न सहज हुने अपेक्षा गरिएको छ।

विधेयक पारित भएपछि विद्यालय शिक्षण सेवा प्रणालीमा थप पारदर्शिता, प्रतिस्पर्धा र दक्षता अभिवृद्धि हुने विश्वास गरिएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.