नेपाल विद्युत प्राधिकरणको आम्दानी १ खर्ब ३८ अर्ब, खर्च १ खर्ब २९ अर्ब, आगामी वर्ष ट्रिप घटाउने लक्ष्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरण (नेपा) ले आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य आम्दानी गरेको छ। प्राधिकरणले गत आर्थिक वर्षमा कुल १ खर्ब ३८ अर्ब ८७ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको छ। यस अवधिमा सञ्चालन खर्च, ब्याजसहित कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ।

४०औं वार्षिकोत्सव समारोहमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यसम्पादन समीक्षामार्फत प्राधिकरणको अवस्था सार्वजनिक गरे। उनका अनुसार, प्राधिकरणको कुल सम्पत्ति गत वर्षभन्दा ६.२ प्रतिशतले बढेर ६ खर्ब ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ।

शाक्यले प्राधिकरणको आम्दानी र सम्पत्ति वृद्धि सन्तोषजनक भए पनि अझै धेरै सुधार गर्नुपर्ने बताए। उनले भने, “विद्युत सेवा अझ भरपर्दो बनाउन प्राधिकरण निरन्तर सुधारका प्रयासमा छ।”

प्राधिकरणले विद्युत आपूर्ति अवरोध (ट्रिप) सम्बन्धी तथ्याङ्क पनि सार्वजनिक गरेको छ। २०८१/८२ मा देशभर ५९५ घण्टा विद्युत आपूर्ति अवरुद्ध भएको जनाएको छ। यसलाई ठूलो चुनौतीका रूपमा लिँदै प्राधिकरणले आगामी वर्ष यो अवरोध कम्तीमा १० प्रतिशतले घटाउने योजना बनाएको छ।

शाक्यका अनुसार, अवरोध घटाइने हो भने विद्युत आपूर्तिको विश्वसनीयता थप बढ्नेछ र ग्राहक सन्तुष्टि स्तर उकासिनेछ।

नेपाल विद्युत प्राधिकरणले पछिल्ला वर्षहरूमा उत्पादन, प्रसारण र वितरण प्रणाली सुदृढीकरणमा विभिन्न आयोजना सञ्चालन गर्दै आएको छ। आम्दानी वृद्धि, सम्पत्ति विस्तार र सेवा सुधारलाई निरन्तरता दिँदै आगामी वर्षहरूमा अझ प्रभावकारी कार्यसम्पादन गर्ने लक्ष्य प्राधिकरणले लिएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.