नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामदलले पार्टी एकता गर्ने सहमति चुनाब चिन्ह तारा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामदलले पार्टी एकता गर्ने सहमति गरेका छन्। विभिन्न १८ बुँदे प्रस्तावमा सहमति जनाउँदै ती दलका शीर्ष नेताहरूले शुक्रबार संयुक्त सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।

सहमति अनुसार, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक-सामाजिक रूपान्तरणमार्फत समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्ने साझा प्रतिवद्धता जनाइएको छ।

एकता प्रक्रियामा सहभागी दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) रहेका छन्।

पार्टी एकता कात्तिक १९ गते (नोभेम्बर ४) औपचारिक रूपमा घोषणा गरिने सहमति पत्रमा उल्लेख गरिएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.