कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले ५१ सदस्यीय समिति आयोगमा दर्ता

काठमाडौं– कुलमान घिसिङको नेतृत्वमा गठन गरिएको ‘उज्यालो नेपाल पार्टी’ले केन्द्रीय समिति सदस्यहरूको नामावली बुधबार निर्वाचन आयोगमा दर्ता गराएको छ। अनुपकुमार उपाध्याय अध्यक्ष रहनेगरी ५१ सदस्यीय संरचना आयोगमा बुझाइएको हो।

नयाँ पार्टीमा प्रा. डा. महेन्द्र सुन्दर लावती, युवा अभियन्ता सागर ढकाल, अभिनेत्री रीमा विश्वकर्मासहितका व्यक्तित्वहरू आबद्ध छन्। त्यस्तै डा. तारा प्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. शंकर ढकाल, डा. तेजनारायण यादव, मन्त्री बन्ने प्रक्रियामा रोकिएकी टासी ल्हान्जोम, डा. राजु थापा, डा. विशाल भण्डारी, श्री गुरुङलगायत नेताहरू पनि केन्द्रीय सदस्यमा समावेश गरिएको पार्टीले जनाएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.