दाँत कसरी माझ्ने?

पहिला हामीले आफूलाई उपयुक्त हुने ब्रस लिनुपर्छ। बजारमा नरम, मध्यम, कडा र अर्थोडोन्टिक ब्रस पाइन्छ। नरम खालको ब्रस वृद्धहरूले प्रयोग गर्न सक्छन्।

मध्यम खालको ब्रस दाँत सामान्य हुनेले प्रयोग गर्न सक्छ। कडा र साह्रो खालको ब्रस बांगोटिंगो दाँत सफा गर्न काम लाग्छ। यसले दाँतको चेपमा अड्किएको खाना निकाल्न सहयोग गर्छ।

ब्रसमा केराउको दाना जति मञ्जन राख्नुपर्छ। त्यस्तो मञ्जन फ्लोराइडयुक्त हुनुपर्छ।

सर्वप्रथम हामीले पछाडिको भागबाट ब्रस सुरू गर्नुपर्छ। दाँत र गिजाको ४५ डिग्री कोणमा राखेर अगाडि पछाडि माझ्नुपर्छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.