आज २०८२ साल असार २ गते सोमबारको राशिफल

विक्रम संवत २०८२ साल, असार २ गते, सोमबार
सन् २०२५ जुन १६ (June 16, 2025)
असार कृष्ण पक्ष पञ्चमी तिथि

🔮 मेष (Aries):
आजको दिन शुभ छ। मेहनतको कदर हुनेछ। सरकारी जिम्मेवारी वा सम्मान प्राप्त हुने सम्भावना छ। पारिवारिक साथ पाईनेछ, प्रेम जीवन पनि सकारात्मक रहनेछ।

🔮 वृष (Taurus):
चन्द्रमा मूल त्रिकोणमा भएकाले कार्य सफल हुनेछन्। टाढाको यात्राबाट फाइदा हुनेछ। व्यापारमा लाभ हुनेछ र धार्मिक काममा सहभागी भइनेछ।

🔮 मिथुन (Gemini):
स्वास्थ्यमा सुधार आउँछ। मन शान्त हुनेछ। तर खानपानमा ध्यान दिनुपर्छ। परिवारसँगको सम्बन्ध सुधारिने संकेत छन्।

🔮 कर्कट (Cancer):
हराएको धन फिर्ता हुने योग छ। व्यापारमा लाभ हुनेछ। वैवाहिक जीवन सुखद हुनेछ। सहकार्यबाट आम्दानी बढ्नेछ, पढाइमा प्रगति हुने संकेत।

🔮 सिंह (Leo):
रोगबाट मुक्ति मिल्नेछ। आफ्ना कामहरूमा सफलता मिल्नेछ। यात्रामा अनावश्यक खर्च हुनसक्छ, सजग रहनुहोस्। परिवारमा खटपटको सम्भावना।

🔮 कन्या (Virgo):
पढाइ र प्रेममा उन्नति। रचनात्मक काममा लगानी लाभदायक बन्नेछ। कलात्मक रुचि बढ्नेछ।

🔮 तुला (Libra):
मन अशान्त हुनसक्छ। पारिवारिक विवादबाट टाढा रहनु हितकर। पूर्वतर्फको एक्लो यात्रा नगर्नु राम्रो। शिक्षा क्षेत्रमा लगानी लाभदायक बन्नेछ।

🔮 वृश्चिक (Scorpio):
आफन्तको आगमनले हर्ष थप्नेछ। आफ्ना कामहरूमा सफलता। पश्चिमतर्फको यात्रा नगर्नु उपयुक्त। परिवारमा सामञ्जस्य रहनेछ।

🔮 धनु (Sagittarius):
धनलाभ हुने योग। सम्पत्तिको सदुपयोग आवश्यक। साथीसँग मिलेर काम गर्दा सफलता मिल्नेछ। बोलीको प्रभावले ठूला काम बन्न सक्छ।

🔮 मकर (Capricorn):
आज सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। विरोधी बौद्धिक किसिमको हुन सक्ने भएकाले संवादमा सतर्कता अपनाउनु राम्रो। प्रेम जीवन सकारात्मक।

🔮 कुम्भ (Aquarius):
दिन सामान्य। धार्मिक व्यक्तिसँग समय बिताउनु लाभदायक। सरकारी पक्षबाट तनाव आउन सक्छ। परिवारको साथ रहनेछ, प्रेम जीवन सुमधुर।

🔮 मीन (Pisces):
पारिवारिक रमाइलो मिल्नेछ। सन्तानको सफलता सुखद हुने संकेत। वैवाहिक जीवन सन्तोषजनक। तर अध्ययनमा मिहिनेत आवश्यक।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.