काठमाडौँ, असार १६ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार जारी विज्ञप्तिमार्फत निगमले मंगलबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाएको जानकारी दिएको हो।
निगमका अनुसार आन्तरिक उडानका लागि हवाई इन्धनमा पनि प्रतिलिटर ७ रुपैयाँले मूल्य वृद्धि गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने प्रतिकिलो लिटर ६० अमेरिकी डलरले मूल्य बढाइएको निगमको विज्ञप्तिमा उल्लेख छ।

पछिल्लो पटक कच्चा तेलको अन्तर्राष्ट्रिय बजार मूल्यमा भएको वृद्धि, डलर सँग नेपाली रुपैयाँको अवमूल्यन र आपूर्तिमा परेको असरका कारण मूल्य समायोजन गर्नुपरेको निगमले जनाएको छ ।
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1